
सन थापा,
जापान, २७ फागुन । जापानमा बिहीबार १ हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४५ हजार ४८ जना पुगेको छ प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ४ सय ७७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २३ हजार २ सय एकजना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ११ हजार ६ सय ४८ जनाको उपचार भइरहेको छ भने ३ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ ।
धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा १ लाख १४ हजार ५ सय ३६, ओसाकामा ४७ हजार ९ सय ८३, खानागावामा ४६ हजार ८१, साईतामामा ३० हजार ४ सय ८६, चिबामा २७ हजार ६ सय चार, आईचीमा २६ हजार ३ सय ४८, होक्काईदोमा १९ हजार ७ सय ३४, फुकुओकामा १८ हजार ३ सय ८८, ह्योगोमा १८ हजार ३ सय ३४ र क्योतोमा ९ हजार १ सय ७३ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ४ सय सात, इबाराकीमा ६ हजार १ सय सात, सिजुओकामा ५ हजार ३ सय ५६, हिरोसीमामा ५ हजार ५९ र गिफुमा ४ हजार ६ सय ७७ जना संक्रमित संख्या पुगेको छ ।
मृत्यु संख्या धेरै भएका प्रान्तहरू
टोकियोमा १ हजार ५ सय ३६, ओसाकामा १ हजार १ सय ४६, खानागावामा ७ सय ३७, साईतामामा ६ सय ४२, चिबामा ४ सय ९९, आईचीमा ५ सय ४८, होक्काइदोमा ७ सय, फुकुओकामा ३ सय नौ, ह्योगोमा ५ सय ६३ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।
टोकियोमा ३ सय ३५, ओसाकामा ८८, खानागावामा १ सय २५, साईतामामा १ सय २६, चिबामा १ सय २२, आईचीमा ६६ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ७१, फुकुओकामा ३१, ह्योगोमा ५८, क्योतोमा १७, ओकिनावा २९, इबाराकीमा ३६, सिजुओकामा २५, हिरोसीमा र गिफुमा एक-एक जना संक्रमित थपिए ।

