निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको पत्रः ओलीको निर्णयलाई वैधता नदिन माग

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा एमालेको विवाद निर्वाचन आयोग पुगेको छ । नेकपा (एमाले)को झलनाथ खनाल, माधवकुमार नेपाल समूहले पार्टीमा जिम्मेवारी हेरफेरबारे अध्यक्ष केपी शर्मा ओलीले गरेका एकपक्षीय निर्णयलाई वैधानिकता नदिन माग गर्दै निर्वाचन आयोग पुगेका हुन् ।

सर्वोच्चले २३ फागुनमा नेकपा एकीकरण खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर महासचिवबाहेकका नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेका थिए ।

यसको विरोध गर्दै खनाल–नेपाल समूहले ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ भने आज आयोगमा पेस गरेको निवेदनमा माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको हस्ताक्षर रहेको छ ।