जापानमा ६९५ जनामा संक्रमण, ३८ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, २ चैत । जापानमा सोमबार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ३८ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ३ सय १८ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ६ सय ४५ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २७ हजार ३ सय ४५ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १२ हजार २ सय ७९ जनाको उपचार भइरहेको छ भने ३ सय २७ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १५ हजार ५ सय ८४, ओसाकामा ४८ हजार ३ सय ७३, खानागावामा ४६ हजार ४ सय ४६, साईतामामा ३० हजार ९ सय ७३, चिबामा २८ हजार २०, आईचीमा २६ हजार ४ सय ९४, होक्काईदोमा १९ हजार ९ सय ४४, फुकुओकामा १८ हजार ५ सय २३, ह्योगोमा १८ हजार ५ सय आठ र क्योतोमा ९ हजार २ सय दुईजना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ५ सय १२, इबाराकीमा ६ हजार १ सय ९४, सिजुओकामा ५ हजार ४ सय चार, हिरोसीमामा ५ हजार ६७, गुन्मा ४ हजार ७ सय पाँच र गिफुमा ४ हजार ६ सय ८६ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ५ सय ८९, ओसाकामा १ हजार १ सय ५६, खानागावामा ७ सय ४९, साईतामामा ६ सय ७१, चिबामा ५ सय ११, आईचीमा ५ सय ५७, होक्काइदोमा ७ सय आठ, फुकुओकामा ३ सय १७, ह्योगोमा ५ सय ६६ र क्योतोमा १ सय ६४ जनाको मृत्यु भएको छ ।

४७ प्रान्त मध्ये आइतबार ११ प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा १ सय ७५, ओसाकामा ६७, खानागावामा ५५, साईतामामा ७२, चिबामा ७६, आईचीमा १५ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ५४, फुकुओकामा १३ र ह्योगोमा ३३, मियागीमा २०, टोचिगीना २४, ओकिनावा १६, इबाराकीमा १०, फुकुसीमामा १५, नागोना १४ र गुन्मामा १२, क्योतोमा छ जना संक्रमित थपिए ।