सालको गोलिया बरामद

-


     मर्दी न्युज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित


कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ बस्ने ४२ वर्षीय यज्ञबहादुर खड्काको घरबाट अवैधरूपमा सामुदायिक वनबाट ल्याइएका सालका काँचा ७३ क्यूविक फुट गोलिया बिहीबार बरामद गरिएको छ । 

सबडिभिजन वन कार्यालय अत्तरिया कैलालीको टोलीले गोप्य सूचनाका आधारमा गोदावरी नगरपालिका–३ महिला सामुदायिक वन चौकीडाँडाबाट अवैधरूपमा चोरी गरी ल्याइएका गोलिया बरामद गरिएको हो । 

बरामद गोलिया सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए । रासस