
चैत्र ६ शुक्रबार । स्व. किरण रञ्जितको स्मृतिमा पोखरा आर्ट ग्यालरी महेन्द्रपुल पोखरामा सामुहिक चित्रकला प्रर्दशनि आजबाट शुभारम्भ भएको छ । उक्त प्रर्दशनिको समुदघाटन पोखरा महानगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष्य श्री राजाराम लामिछाने ज्यूले रिबन काटी प्रर्दशनिको उदघाटन गर्नुभयो ।

समारोहका प्रमुख अतिथिको शुभकामना मन्तव्य क्रममा लामिछानेले वर्तमान पोखरा आर्ट गयालरी भवन सन्दर्भमा वाहिर जुन हल्ला चलेको यथार्थ नभई वास्तविक यथार्थ अर्को व्यवस्था नभए सम्म यो ग्यालरी नहटने बताउनु भयो ।

स्व. किरण रन्जित एक मिहेनति र परिश्रमी कलाकार हुनुहुन्थ्यो । उहाँ समय र परिस्थितिलाई निकै ख्याल राख्ने गर्नु हुन्थ्यो । कलाकार रञ्जित सिर्जनशील कलाकार समुह कास्कीको पूर्व अध्यक्ष्य तथा सल्लाहकार हुनुहुन्थ्यो भने पोखरा आर्ट गयालरी निर्माणमा उहाको अतुल्नीय योगदान रहेको थियो । उनको कला सिर्जना तेल रंग एक्रेलिक माध्यममा पेन्टिङ्ग बनाउनु हुन्थ्यो ।
प्रर्दशनिमा ५६ जना कलाकारका ६० वटा विभिन्न माध्यमका कलाकृतिहरू समावेश छन । प्रर्दशनि दुई दिन सम्म चल्ने छ ।

