जापानमा २४ घण्टामा ८२२ जनामा संक्रमण, ३३ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ९ चैत । जापानमा पछिल्लो २४ घण्टामा ८ सय २२ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ३३ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५८ हजार ३ सय ९८ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ८ सय ८३ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३४ हजार ९ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय दुई जनाको उपचार भइरहेको छ भने ३ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १७ हजार ७ सय चार, ओसाकामा ४९ हजार २ सय ३७, खानागावामा ४७ हजार १ सय ४०, साईतामामा ३१ हजार ७ सय २१, चिबामा २८ हजार ७ सय २१, आईचीमा २६ हजार ७ सय ७७, होक्काईदोमा २० हजार ४ सय २१, ह्योगोमा १८ हजार ९ सय २८, फुकुओकामा १८ हजार ७ सय ६५ र क्योतोमा ९ हजार २ सय ८० जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ७ सय ६८, इबाराकीमा ६ हजार ४ सय १८, सिजुओकामा ५ हजार ५ सय र हिरोसीमामा ५ हजार ८८ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय ४३, ओसाकामा १ हजार १ सय ६२ , खानागावामा ७ सय ६९, साईतामामा ६ सय ९१, चिबामा ५ सय ४२, आईचीमा ५ सय ७१, होक्काइदोमा ७ सय ३३, फुकुओकामा ३ सय २७, ह्योगोमा ५ सय ७३ र क्योतोमा १ सय ६५ जनाको मृत्यु भएको छ ।