
काठमाडौं । सरकारले आउँदो २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ। सरकारले यस वर्षभन्दा आउँदो वर्ष चार दिन पर्व बिदा थप गरेको छ।
दसैंमा असोज २६ गते फूलपातीदेखि ३० गतेसम्म पाँच दिन बिदा हुनेछ भने घटस्थापनासहित ६ दिन बिदा हुनेछ।
त्यस्तै तिहारमा लक्ष्मीपूजाका दिन कात्तिक १८ गतेदेखि २० गतेसम्म बिदा हुनेछ। विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस, महिला दिवसलगायतका दिवसमा पनि सरकारले बिदा दिने भएको छ।
सरकारले धेरैपछि राष्ट्रिय एकता दिवस पुस २७ गतेलाई मान्यता दिएको छ। यसलाई राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिको दिवस भनेर व्याख्या गरेको छ।
हेर्नुहोस सूचीः

