जापानमा थपिए १५०३ जना संक्रमित, ५३ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १० गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १० चैत । जापानमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय तीन जना कोरोना संक्रमित थपिनुका साथै ५३ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५९ हजार ९ सय जना पुगेको छ । आईतबार ८ हजार ४ सय ८९ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ९ सय ३६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३६ हजार २० जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १३ हजार १ सय ३१ जनाको उपचार भइरहेको छ भने ३ सय २० जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १८ हजार ४१, ओसाकामा ४९ हजार ४ सय २०, खानागावामा ४७ हजार २ सय १२, साईतामामा ३१ हजार ८ सय ५७, चिबामा २८ हजार ७ सय ९५, आईचीमा २६ हजार ८ सय ४०, होक्काईदोमा २० हजार ४ सय ६३, ह्योगोमा १९ हजार १२, फुकुओकामा १८ हजार ८ सय एक र क्योतोमा ९ हजार २ सय ९४ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ८ सय ४३, इबाराकीमा ६ हजार ४ सय ५१, सिजुओकामा ५ हजार ५ सय २३ र हिरोसीमामा ५ हजार ९१ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय ६१, ओसाकामा १ हजार १ सय ६९, खानागावामा ७ सय ७२, साईतामामा ६ सय ९१, चिबामा ५ सय ४५, आईचीमा ५ सय ७२, होक्काइदोमा ७ सय ३५, फुकुओकामा ३ सय २८, ह्योगोमा ५ सय ८० र क्योतोमा १ सय ६७ जनाको मृत्यु भएको छ ।

४७ प्रान्त मध्ये बिहीबार नौ प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय ३७, ओसाकामा १ सय ८३, साईतामामा १ सय ३६, मियागीमा १ सय २१, चिबामा ७४, खानागावामा ७२ र होक्काइदोमा ४२ जना संक्रमित थपिए । त्यस्तै ह्योगोमा ८४, आईचीमा ६३, फुकुओकामा ३६, ओकिनावामा ७५, इबाराकीमा ३३, टोचिगीमा २०, क्योतोमा १४ जना संक्रमित थपिए ।