मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

-


     मर्दी न्युज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छिन् । 
 
राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छिन् । 

स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छिन् । रासस