सत्तारुढ एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित


पोखरा । सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेको छ ।

एमालेको अवरोधका कारण प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको हो ।

बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको छ ।