
पोखरा । गण्डकी प्रदेशमा शनिवार २७४ जनामा कोरोना पुष्टि भएको छ । ५०१ जनाको परीक्षण गर्दा २७४ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा कास्कीका १६१, नवलपुरका ४५, बागलुङका ३६, तनहुँका १८, स्याङ्जाका ३, पर्वत, म्याग्दीका ५/५ र गोरखाका १ जना छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या २२ हजार ५३० पुगेको छ ।
त्यस्तै आज १६३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ५५१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै गण्डकीमा थप ३ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार कास्कीका २ र पर्वतका १ संक्रमितको मृत्यु भएको हो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

