आज मनासलु आरोहण दिवस, औपचारिक कार्यक्रम भने नगरिने

-


     मर्दी न्युज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित


पोखरा । बिश्वमा आठहजार मिटर भन्दा अग्ला पर्बतिय चुचुरोहरु को संख्या चौध छन। नेपालमा मात्रै त्यस्ता चुचुरोहरु आठवटा र हाम्रो यस गण्डकी प्रदेशमा तिनवटा छन। हाम्रो प्रदेशमा धौलागिरी( ८१६७ मि.), मनासलु(८१६३ मि.) र अन्नपूर्ण प्रथम ( ८०९१ मि.) रहेका छन।


गोर्खा जिल्लामा रहेको बिश्वको आठौं अग्लो चुचुरो  मनासलु हिमाल सन १९५६ को मे महिनाको ९ तारीख ( आजकै दिन ) पहिलो सफल आरोहण भएको थियो ! युको माकी को नेतृत्वमा गएको जापानी आरोहण दलका तोसिओ इमानिशी( जापान ) र ग्याल्जेन नोर्बु शेर्पा ( भारत ) ले सफलता पुर्बक आरोहण गरेका थिए। उनीहरु काठमाडौं बाट आरुघाट, जगत, सामागाउँ हुँदै आधारशिबिर ( बेसक्याम्प ) पुगेका थिए। नेपालका ल्हाक्पा तेन्जिङ शेर्पा ( H.C. No:-218) ले हेड कुक( भान्से ) को जिम्मेवारी निर्बाह गरेका थिए।


यसै एतिहासिक दिनको सम्झनामा नेपाल पर्बतारोहण संघले विविध कार्यक्रमहरु तथा आरोहीहरु को सम्मानगरि ” मनासलु आरोहण दिवस ” भब्यतापुर्बक मनाउने गरेतापनि पोहोर साल र अहिले लगातार कोरोना भाइरस ( कोभिड-१९) को महामारी र त्यसले सृजनागरेको विषम परिस्थितिको कारण औपचारिक कार्यक्रम नगर्ने भएकोछ।


औपचारिक कार्यक्रम नगरे तापनि नेपाल पर्वतारोहण संघ  मातहत पोखरा-१७, रातोपैर्होमा अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहाल परिशरमा रहेको  मनासलु हिमालको प्रतिरुप (मोडेल) र संग्रहालय भवनको सरसफाइ गरि  उपस्थित कर्मचारीहरुका बीचमा मनाइएको छ।
मनासलुको सफल आरोहणगर्ने पहिलो नेपाली उर्केन छिरिङ्ग शेर्पा हुनुहुन्छ। अप्रिल २२ तारीख सन १९७३ मा उहाँले आरोहण गर्नुभएको हो। हालसम्म स्वदेशी र बिदेशी गरि १००० जनाभन्दा बढीले मनाशलु को चुचुरो चुमिसकेका छन। 


गत बर्ष सन २०२० को अक्टोबर १५ तारीख बिहीबारका दिन   बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अलि खलिफा,राजपरिवारका  अन्य सदस्यहरु र रोयल गार्डहरु सहित १४जना  यो सुन्दर चुचुरोमा पुग्न सफल भएकोले मनाशलु थप चर्चित बनेको छ।