लुम्बिनीका चार सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

-


     मर्दी न्युज    
     जेठ ३ गते २०७८ मा प्रकाशित


काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सोमवार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।