पछिल्लो २४ घन्टामा ५०४२ जनामा कोरोना संक्रमण पुष्टि, ८२४३ संक्रमणमुक्त

-


     मर्दी न्युज    
     जेठ २२ गते २०७८ मा प्रकाशित


नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।