क्वालिटी अफ लाइफ सराङ्कोट नेपालले गर्यो दुर्गममा स्वास्थ सामग्रीको सहयोग

-


     मर्दी न्युज    
     असार १७ गते २०७८ मा प्रकाशित


पोखरा । भुकम्प जस्ता प्राकृतिक बिपत्तिहरु जस्तै हाल बिश्वभर महामारी को रूपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो भेरियन्ट ले बिश्व नै आक्रान्त भैरहेको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन । दिनानुदिन मानिसहरु को मृत्यु भएको कुरा सर्वविदितै छ ।

यसै सन्दर्भमा क्वालिटी अफ लाईफ सराङ्गकोट नेपालले पनि आफ्नो संस्था को मानवीय दायित्व पूरा गर्न प्रतिबद्ध भई, सानो सहयोगले पनि मानवीय जीवन रक्षा गर्न को लागी ठुलो भुमिका निर्वाह गर्छ भनेर हिजो बिहान ८ः३० बजे एक बिकट र सरकारले पनि सहयोग पुर्याउन नसकिरहेको अवस्थामा गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्ला को काली गण्डकी गाउँ पालिकाको पूर्तिघाट मा रहेको स्वास्थ्य चौकी लाई त्यहाँको हालको आवश्यकता लाई मध्यनजर गर्दै २ वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, डिस्पोजेवल एण्ड नन डिस्पोजेवल, भिटामिन डि, सी ट्याबलेट, बिभिन्न आवश्यक औषधीहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, फेसशिल्ड, डिस्पोजेवल एण्ड नन डिस्पोजेवल पञ्जा, लगाएत स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो ।

सोही अबसरमा एउटा कन्सनट्रेसन मेसिन र स्वास्थ्य सामाग्री पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्गकोट स्वास्थ्य चौकी लाई पनि हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा गुल्मेली समाज पोखरा का पुर्ब अध्यक्ष, बाबुराम बराल, अध्यक्ष भानुभक्त भन्डारी, स्वास्थ्य चौकी का टेक्निसियन, क्वालिटी अफ लाईफ सराङ्गकोट नेपाल का पुर्ब कोषाध्यक्ष एवं बरिष्ठ सदस्य गोबिन्द राज पहारी र संस्थाका अध्यक्ष रामचन्द्र शर्मा ले संस्थाले यसरी बिकट र सहयोग पुग्न नसकेको ठाउँमा सहयोग गर्न पाएकोमा समन्वय गरिदिनु हुने गुल्मेली समाज पोखरा लगायत यस कार्यक्रम लाई सहयोग गर्नुहुने क्वालिटी अफ लाईफ बेल्जियम, लुङ्गता नेपाल बेल्जियम र सहयोगी हातहरु प्रति संस्थाको तर्फबाट धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम गुल्मेली समाज का सचिव ले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाले रु ५ लाख ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेको थियो ।

क्वालिटी अफ लाईफ सराङ्गकोट, नेपाल बिगत २१ बर्ष देखी बिपन्न गरिब, असहाय र अपाङ्गता भएका बालवालिका हरुको लागी निशुल्क शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा कार्य गर्दै आएको एक गैर राजनैतिक, गैर धार्मिक, गैर ब्यबसायीक, गैर सरकारी संस्था हो ।