पोखरा पर्यटन परिषदले महानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझायो

-


     मर्दी न्युज    
     असार २३ गते २०७८ मा प्रकाशित


पर्यटन ब्यबसायीहरु तथा आबद्ध श्रमिक कर्मचारीहरुलाई फ्रन्टलाइनरकै हैसियतमा कोभिड विरुद्धको खोपको अब आउने लटमा प्राथमिकतामा पार्नुपर्ने लगायतका मागहरू सहितको ज्ञापनपत्र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसिलाई आज बिहान ११:०० बजे उहाँकै कार्यकक्षमा पुगेर बुझाइएको छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टिममा पोखरा पर्यटन परिषद आबद्ध संघ संस्थाका अध्यक्ष/ उपाध्यक्षहरु साथै पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष र सल्लाहकारहरु समेतको उपस्थिति थियो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले विद्युतको डिमाण्ड शुल्क छुटको निर्णय संघीय सरकारले गरेपनि ब्यबहारिक रूपमा लागु नभएको बताउनुभयो । त्यसैगरी टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले पदयात्रा क्षेत्रका मजदुरहरु लाई रोजगारीमुलक कार्यक्रम ल्याउन र महानगरले आर्थिक साझेदारी ल्याउन माग गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै मेयर जिसिले पर्यटन ब्यबसायीहरुका मागहरू प्रति आफू गंभिर रहेको र आफ्नो लेभलबाट गर्नसक्ने सहयोग र पहलकदमी गर्ने बताउनुभयो ।