साउन १५ गतेभित्र चीनबाट ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय

-


     मर्दी न्युज    
     श्रावण २ गते २०७८ मा प्रकाशित


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने जानकारी दिएको छ । आगामी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने तथा त्यसपछि पछि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहेन मन्त्रालयले जनाएको छ ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना र त्यसका लागि खोप व्यवस्थापन भइरहेको जनाएको छ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ ।

मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिसिल्ट खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरूका लागि दोस्रो मात्राको खोप व्यवस्था भइसेको पनि जानकारी दिएको छ ।