
सन थापा,
जापान, ११ साउन । जापानमा जारी टोकियो ओलम्पिकको चौथो दिन ५० स्वर्ण पदकको छिनोफानो हुँदा जापान शीर्ष स्थानमा उक्लिएको छ ।
जापानले आठ स्वर्ण, दुई रजत र तीन काँस्य सहित १३ पदक जितेको छ । सात स्वर्ण, तीन रजत र चार काँस्य गरी १४ पदक जितेको अमेरिका दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा झरेको चीनले छ स्वर्ण, पाँच रजत र सात काँस्य गरी १८ पदक जितेको छ ।
त्यस्तै रसियाले चार स्वर्ण, पाँच रजत र तीन काँस्य गरी १२ पदक सहित चौथो स्थानमा रहेकोछ । पाचौं स्थानमा रहेको इंग्ल्याण्ले तीन स्वर्ण, तीन रजत र एक काँस्य गरी सात पदक जितेको छ । दक्षिण कोरियाले तीन स्वर्ण, र चार काँस्य गरी सात पदक जितेर छैटौं स्थानमा रहेको छ ।
दुई स्वर्ण, एक रजत र तीन काँस्य गरी छ पदक जितेको अस्ट्रेलिया सातौं स्थानमा छ भने दुई स्वर्ण जितेको कोसोभो आठौं स्थानमा छ ।
त्यसैगरी इटली, फ़्रान्स, क्यानडा, हंगेरी, ट्यूनिसिया, क्रोशिया, स्लोभेनिया, अस्ट्रिया, इक्वेडर, हङकङ, ईरान, नर्वे, फिलिपिन, थाईल्याण्ड र उज्बेकिस्तानले एक( एक स्वर्ण पदक जितेका छन् ।


