
पोखरा । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।
यस्तै, थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

