प्रदेश प्रमुखको शपथ

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित


फोटोः रासस

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो ।

उहाँहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।