
सन थापा,
जापान, साउन १३ (जुलाई २८) ।जापानको टोकियोमा जारी रहेको टोकियो ओलम्पिकमा जापानले अग्रता कायमै राखेको छ । हालसम्म ९४ स्वर्णपदकको छिनोफानो हुँदा जापानले १३ स्वर्ण, चार रजत र पाँच काँस्य सहित २२ पदक जितेको छ । चीन १२ स्वर्ण, छ रजत र नौ काँस्य गरी २७ पदक सहित दोस्रो स्थानमा उक्लिएको छ भने ११ स्वर्ण, ११ रजत र नौ काँस्य गरी ३१ पदक जितेको अमेरिका तेस्रो स्थानमा झरेको छ । त्यस्तै रसियाले सात स्वर्ण, नौ रजत र छ काँस्य गरी २२ पदक सहित चौथो स्थानमा रहेकोछ । छ स्वर्ण, एक रजत र नौ काँस्य गरी १६ पदक जितेको अस्ट्रेलिया पाचौं स्थानमा उक्लिएको छ । छैटौं स्थानमा रहेको इंग्ल्याण्डले पाँच स्वर्ण, छ रजत र पाँच काँस्य गरी १६ पदक जितेको छ । दक्षिण कोरियाले चार स्वर्ण, दुई रजत र पाँच काँस्य गरी ११ पदक जितेर सातौं स्थानमा रहेको छ । आठौं स्थानमा रहेको जर्मनले तीन स्वर्ण, दुई रजत र पाँच काँस्य गरी १० पदक जितेको छ । तीन स्वर्ण, दुई रजत र तीन काँस्य गरी आठ पदक जितेको फ़्रान्स नवौं स्थानमा छ भने नेदरल्याण्डले दुई स्वर्ण छ रजत र तीन काँस्य गरी ११ पदक जितेर १० औं स्थानमा रहेको छ ।
नेपालकी गौरिका सिंहको राष्ट्रिय कीर्तिमानमा सुधार
नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाईन्। ५० मिटरको पौडी पोखरी (लङकोर्स)मा फ्रिस्टाईलमा उनले १ मिनेट ००.११ सेकेण्डमा पूरा गरिन् । यसअघि उनले२०१९ MA दक्षिण कोरियामा भएको विश्वच्याम्पियनसिपमा १ मिनेट ००.१४ सेकेण्डमा उक्त दूरी पूरा गरेकी थिईन् ।