शिक्षा र सुरक्षा पहिलो प्राथमिकतामा राखेर आजदेखी नेपाल प्रतिबिम्ब पार्टीको घोषणा

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित


पोखरा । शिक्षा, सुरक्षा , न्याय र समानताको एजेन्डा लिएर आज पोखरामा नयाँ पार्टीको घोषणा गरिएको छ। नेपाल प्रतिबिम्ब पार्टी नाममा स्थापित पार्टीको संयोजक नारायण प्रसाद कोइराला रहेका छन।

पोखराको बिरौटा स्थित पोखरा ग्राण्डमा गरिएको पार्टी घोषणा कार्यक्रममा मा राज्य ब्यबस्था सम्बन्धि धारणामा देशको सांस्कृतिक पहिचानलाई समेत स्थायित्व दिनेगरि हृदयेन्द्र शाह लाई आलंकारिक राज्य प्रमुख बनाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको ब्यबस्था हुने बताइएको छ।

संयोजक नारायण प्रसाद कोइराला, फोटो :मर्दी न्युज

पुर्व मिस नेपाल शुभेच्छा खड्काले संचालन गरेको पार्टी घोषणा कार्यक्रममा युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।