थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने ४ हजार ६८७ को एन्टिजेन विधिबाट परिक्षण गर्दा १०३० मा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८०७ पुगेको छ ।