
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा हरेक हप्ता झन्डै ८ प्रतिशतको दरले कोरोना सङ्क्रमण बढी रहेको जनाएको छ ।
यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले सङ्क्रमण बढेको देखिएको छ ।
कतिपय क्षेत्रमा सङ्क्रमितको सङ्ख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृतकको सङ्ख्या पनि बढेको छ ।
डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ ।
सङ्क्रमितहरूको कुल सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एजेन्सी