सोमबारदेखि हराइरहेकी छ वर्षीया बालिकाको इनारमा शव फेला

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित


धनुषा । गणेशमान चारनाथ नगरपालिका– १० बरमझिायाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ ।

सोमबार विहान घरबाटै हराइरहेकी प्रिति यादवको शव आज इनारमा फेला परेको हो ।

बालिका पिता वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । रासस