थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्‍यु

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८३४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।