जापानमा झण्डै ११ हजार कोरोना संक्रमित, नौ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, १५ साउन (३० जुलाइ) । जापानमा शुक्रबार १० हजार ७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएदेखि हालसम्मकै सबैभन्दा उच्च संक्रमण हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७ सय ७७ जना पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । यो संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १५ हजार १ सय ९७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख ३१ हजार ७ सय ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ६ सय २६ जनाको अवस्था गम्भीर रहेको छ भने ४२ हजार २ सय ६७ जनाको उपचार भइरहेको छ ।
बुधबार ४९ हजार ८ सय ९२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज १६ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ३ हजार ३ सय , खानागावामा १ हजार ४ सय १८, ओसाकामा ८ सय ८२, साईतामामा ८ सय ५३, चिबामा ७ सय ५३, फुकुओकामा ४ सय ७८ ओकिनावामा ३ सय ८२,, ह्योगोमा २ सय ६५, होक्काईदोमा २ सय ५०, आईचीमा २ सय ३०, इबाराकीमा २ सय २२, क्योतोमा १ सय ६७, तोचिगीमा १ सय २०, सिजुओकामा १ सय २१, इशिखावामा १ सय १० र गुन्मामा १ सय छ संक्रमित थपिए ।