टोकियो ओलम्पिक- १८ स्वर्णपदक सहित चीन शीर्षस्थानमा

-


     मर्दी न्युज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान । साउन १५ ( जुलाई ३०) । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन १८ स्वर्णपदक सहित शीर्षस्थानमा रहेको छ ।

हालसम्म १ सय ३० स्वर्णपदकको छिनोफानो हुँदा चीन १८ स्वर्ण, नौ रजत र ११ काँस्य गरी ३८ पदक सहित पहिलो स्थानमा उक्लिएको छ भने दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्ण, चार रजत र सात काँस्य सहित २८ पदक जितेको छ ।

१४ स्वर्ण, १६ रजत र ११ काँस्य गरी ४१ पदक जितेको अमेरिका तेस्रो स्थानमा झरेको छ । त्यस्तै रसियन ओलम्पिक कमिटी (आरओसी)ले १० स्वर्ण, १४ रजत र १० काँस्य गरी ३४ पदक सहित चौथो स्थानमा रहेकोछ । नौ स्वर्ण,दुई रजत र १११ काँस्य गरी २२ पदक जितेको अस्ट्रेलिया पाचौं स्थानमा उक्लिएको छ ।

छैटौं स्थानमा रहेको इंग्ल्याण्डले छ स्वर्ण, नौ रजत र नौ काँस्य गरी २४ पदक जितेको छ । दक्षिण कोरियाले पाँच स्वर्ण, चार रजत र छ काँस्य गरी १५ पदक जितेर सातौं स्थानमा रहेको छ । तीन स्वर्ण, सात रजत र पाँच काँस्य गरी १५ पदक जितेको नेदरल्याण्ड आठौं स्थानमा रहेकोछ भने फ्रान्सले तीन स्वर्ण पाँच रजत र पाँच काँस्य गरी १३ पदक जितेर नवौं स्थानमा रहेको छ ।

१० औं स्थानमा रहेको जर्मनले तीन स्वर्ण, चार रजत र आठ काँस्य गरी १५ पदक जितेको छ । इटलीले दुई स्वर्ण सात रजत र १० काँस्य गरी १९ पदक जितेर १० औं स्थानमा रहेको छ । ११ औं स्थानमा रहेको क्यानाडाले तीन स्वर्ण तीन रजत र पाँच काँस्य गरी ११ पदक जितेको छ भने तीन स्वर्ण तीन रजत र दुई काँस्य गरी न्यूजिल्याण्ड १२ औं स्थानमा छ ।

चेक गणतन्त्रले तीन स्वर्ण दुई रजत र एक काँस्य गरी छ पदक जितेर १३ औं स्थानमा , इटली दुई स्वर्ण सात रजत र ११ काँस्य गरी २० पदक सहित १४ औं स्थानमा, हंगेरी दुई स्वर्ण एक रजत र दुई काँस्य गरी पाँच पदक सहित १५ औं स्थानमा रहेकोछ ।