
फोटोः मनशान्त घिमिरे
पोखरा । पछिल्लो समय काठमाडौंमा अत्यन्तै लोकप्रिय बन्दै गइरहेको बोल्डरिङ्ग तथा वाल क्लाइम्बिङ्ग पोखरामा पनि संचालनमा आएको छ ।
पोखरा महानगरपालिका वडा नं. ६, स्ट्रीट नं. २०, खहरेमा वेस्ट इनडोर स्पोर्ट्स हबको नामले परिचीत उक्त खेल केन्द्रमा २० फिटको बोल्डरिङ्ग वाल तथा ४० फिट उचाइको क्लाईम्बिङ्ग वाल रहेको छन् । दुबैमा गरेर सजिलो देखि अफ्ट्यारो ग्रेडका २५ वटा आरोहण रुटहरु रहेका छन भने डोरीमा उभिएर शरीरको सन्तुलन मिलाउदै हिड्ने खेल स्ल्याक लाईनिङ्गको पनि ब्यबस्था छ । खाजा तथा नास्ता खानको लागि सुविधाजनक रेस्टुरेन्ट समेत संचालनमा छ ।
आउटडोर क्लाइम्बिङ्ग (चट्टान आरोहण), हिमाल आरोहण, छाँगावरोहण जस्ता साहशिक गतिविधि सम्बन्धि कौशलहरु, रणनीति (ट्याक्टिस) तथा आत्मबिस्वास बढाउनको लागि यस्ता इनडोर स्पोर्ट्स सेन्टरहरुमा हालका दिनहरुमा युवायुवतीहरुको आकर्षण बढ्दै गरेका छ । त्यतिमात्र नभएर दैनिक रूपमा शारीरिक ब्यायाम गर्न पनि यस्ता केन्द्रहरु उपयुक्त हुन्छन् । व्यावसायिक प्रशिक्षक द्वारा सिकाइने हुनाले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर खेल संचालन गरिने प्रशिक्षक सबिन महर्जनले बताए ।

बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म पहिलो सेसन र अपरान्ह २ बजे देखि साँझ ८ बजे सम्म दोस्रो सेसन गरेर हाल सञ्चालन गरिएको उक्त स्पोर्टस सेन्टरमा एक महिने मेम्बरसिपको रु ४ हजार, ६ महिने मेम्बरसिपको रु १२ हजार र एक बर्षे मेम्बरसिपका लागि रु १८ हजार लिइने गरिको साथै तिन पटक प्रबेशका लागि रु १ हजार २ सय र ७ पटक प्रबेशका लागि रु २ हजार ५ सय एक महिना सम्म मान्य हुने गरि क्लाइम्बिङ्ग पास जारि गरेपनि पनि हाल ५० प्रतिशत छुट गरिएको बताउँछन् सञ्चालक रोशन के.सि. ।
किरण भुजेल र टिका टिवारी सहायक प्रशिक्षक रहेको तथा पोखराकै पहिलो सुबिधा सम्पन्न यस स्पोर्टस सेन्टरमा क्लाइम्बिङ्ग सुज, हार्नेस र चक ब्याग प्रति गोटा रु १०० एउटा सेसनका लागि भाडामा दिने तथा विले सर्भिस ३ पटकको लागि रु १०० अतिरिक्त लिने गरिएको सञ्चालिका सुष्मा चौधरी बताउँछिन् ।
कोभिड-१९ को महामारीका कारण स्वास्थ सतर्कता अपनाउदै सिमित ब्यक्तिहरु लाई प्रवेश सहित सामान्य शुभारम्भ गरिएको र स्थिति सहज हुनासाथ भब्य शुभारम्भ गरिने सञ्चालक सिद्दार्थ केसिले बताए । यो केन्द्र शाहसिक गतिविधिमा अभिरुचि राख्ने सबैको आकर्षक गन्तव्य हुने र पोखरा तथा पश्चिम क्षेत्रकै पर्यटनमा नयाँ आयाम थप्नेमा बिश्वास गर्न सकिन्छ ।



