अर्थमन्त्री बराललाई फेवा पर्यटन ब्यवसाय समितिद्धारा स्वागत तथा बधाई

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित


पोखरा । गैराको चौतारा देखि चंखपुर सम्म रहेका रेष्टुरेण्ट तथा होटल ब्यवसायीहरुको छाता संस्था फेवा पर्यटन ब्यबसाय समितिद्धारा गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा संघिय मन्त्रालयका माननीय मन्त्री रामजी बराललाई स्वागत तथा बधाई दिएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १८ स्थित धराने रेष्टुरेण्टमा गरिएको औपचारिक कार्यक्रममा संस्थाका पदाधिकारीहरु तथा यस क्षेत्रका क्लब, आमा समुह, टोल बिकास समितिका पदाधिकारी तथा प्रतिनिधीहरु लगाएत सञ्चारकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्त्यब्य दिँदै संस्थाका उपाध्यक्ष अर्जुन सुबेदी (नेसन) ले पर्यटकले अध्याधिक मनपराउने यस क्षेत्रमा साघुँरा बाटाहरु, सिसिटिभि क्यामेराहरुको अभाब आदिले सुरक्षाको हिसाबले संबेदनसिल हुँदाहुँदै पनि राज्यबाट लेकसाईडलाई मात्र पर्यटकीय क्षेत्रमा समेटेर आफुहरुलाई उपेक्षा गरिएको गुनासो गर्नु भयो ।

मन्त्यब्यकै क्रममा उपाध्यक्ष सुबेदीले लालपुर्जा भएका, पान भ्याट तथा घरेलुमा दर्ता गरि राज्यलाई कर तिरि रहेका यस क्षेत्रका ७३ वटा रेष्टुरेण्ट तथा होटल ब्यवसायहरु हाल संस्थामा आबद्ध भएका र अन्य ३० ब्यवसायीहरु संस्थामा संगठित हुने प्रकृया रहेको जानकारी गराए । केहि ब्यबसायीहरुले ताल अतिक्रमण गरेको देखिएको स्विकार गर्नुहुने सुबेदी भोलि गएर राज्यले गर्नै निर्णयहरु ब्यवसायीहरुले सहर्ष स्विकार्ने बताए ।

शुभकामना मन्त्यब्यको क्रममा वडा नं १८ का वडाध्यक्ष रण बहादुर थापाले पर्यटनको हिसाबले महानगरपालिकै उत्कृष्ट रहेको यस वडामा सुर्योदय, सुर्यास्त तथा हिम श्रृंखलाहरुको दृश्याबलोकन देखि फेवातालको किनारमा मनोरञ्जन समेत गर्न सकिने हुँनाले आगामी बजेटमा समेत पर्यटनका लागि थप बजेट बढाउनेमा विश्वस्त पारे ।

विशेष अतिथिको मन्तब्यमा कास्की जिल्लाका सहायक जिल्ला अधिकृत अनिल कुमार शाहीले यस क्षेत्रका ब्यबसायीहरु बल्ल प्रशासनमा जानकारी हुन आएकाले आगामी दिनहरुमा हुने कार्यक्रमहरुमा सहभागिता गराउने साथै कोभिड विरुद्धको खोपका लागि पर्यटन क्षेत्रलाई कसरी समाबेश गर्ने र केन्द्र सरकार र प्रदेश सरकार सँग तालमेल गर्नेमा बिश्वास दिलाउनु भयो ।

संस्थाका अध्यक्ष राम कुमार राईको सभापतित्व तथा सचिब कृष्ण बहादुर थापा ले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि को मन्तब्यमा अर्थमन्त्री रामजी बरालले थला परेको पर्यटन ब्यबसाय तंग्रिन समय लाग्ने हुनाले ब्यवसाय प्रति लक्षित सुलभ कार्यक्रमहरुमा यस क्षेत्रका ब्यबसायीहरुलाई पनि समेट्ने बचन बद्धता ब्यक्त गर्नुभयो । ब्यबसायी र मजदुर गरि करिव २ हजार खोपको माग गरिएको यस क्षेत्रमा हाल ६ सय खोप का पहल गर्ने अर्थमन्त्री बरालले बताउनु भयो ।