टोकियो ओलम्पिक- २१ स्वर्णपदक सहित चीन शीर्षस्थानमा कायमै

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, १६ साउन । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन २१ स्वर्णपदक सहित शीर्षस्थानमा रहेको छ ।

हालसम्म १ सय ५३ स्वर्णपदकको छिनोफानो हुँदा चीन २१ स्वर्ण, १३ रजत र १२ काँस्य गरी ४६ पदक सहित पहिलो स्थानमा उक्लिएको छ भने दोस्रो स्थानमा रहेको जापानले १७ स्वर्ण, पाँच रजत र आठ काँस्य सहित ३० पदक जितेको छ । १६ स्वर्ण, १७ रजत र १३ काँस्य गरी ४६ पदक जितेको अमेरिका तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै रसियन ओलम्पिक कमिटी (आरओसी) ले ११ स्वर्ण, १५ रजत र ११ काँस्य गरी ३७ पदक सहित चौथो स्थानमा रहेकोछ । १० स्वर्ण,तीन रजत र १४ काँस्य गरी २७ पदक जितेको अस्ट्रेलिया पाचौं स्थानमा उक्लिएको छ । छैटौं स्थानमा रहेको इंग्ल्याण्डले आठ स्वर्ण, नौ रजत र ११ काँस्य गरी २८ पदक जितेको छ ।

दक्षिण कोरियाले पाँच स्वर्ण, चार रजत र सात काँस्य गरी १६ पदक जितेर सातौं स्थानमा रहेको छ । फ्रान्सले चार स्वर्ण नौ रजत र छ काँस्य गरी १९ पदक जितेर आठौं स्थानमा रहेकोछ भने चार स्वर्ण, सात रजत र पाँच काँस्य गरी १६ पदक जितेको नेदरल्याण्ड नवौं स्थानमा रहेको छ । चार स्वर्ण तीन रजत र तीन काँस्य गरी १० पदक जितेको न्यूजिल्याण्ड १० औं स्थानमा उक्लदा जर्मनले तीन स्वर्ण, चार रजत र १० काँस्य गरी १७ पदक जितेर ११ औं स्थानमा रहेको छ ।

क्यानाडाले तीन स्वर्ण चार रजत र पाँच काँस्य गरी ११ पदक जितेको छ भने १२ औं स्थानमा छ । चेक गणतन्त्रले तीन स्वर्ण दुई रजत र एक काँस्य गरी छ पदक जितेर १३ औं स्थानमा छ भने क्रोशियाले तीन स्वर्ण एक रजत र दुई काँस्य गरी छ पदक जितेर १४ औं स्थानमा रहेको छ भने इटली दुई स्वर्ण आठ रजत र १४ काँस्य गरी २४ पदक सहित १५ औं स्थानमा रहेको छ ।

दुई स्वर्ण तीन रजत र चार काँस्य गरी आठपदक जितेको स्विजरल्याण्ड १६ औं स्थानमा रहेको छ भने दुई स्वर्ण दुई रजत र तीन काँस्य गरी सात पदक जितेको ताईवान १७ औं स्थानमा रहेको छ । दुई स्वर्ण दुई रजत र दुई काँस्य गरी छ पदक जितेको हंगेरी १८ औं स्थानमा, स्लोभेनिया दुई स्वर्ण एक रजत र एक काँस्य गरी
चार पदक सहित १९ औं स्थानमा र कोसोभो दुई स्वर्ण सहित २० औं स्थानमा रहेकोछ ।