
सन थापा,
जापान, १६ साउन । जापानमा शनिबार १२ हजार २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्मकै सबैभन्दा उच्च संक्रमण हो । पछिल्लो समय दैनिक लगातार संक्रमण बढेको छ । टोकियोमा पहिलोपटक ४ हजार बढीमा संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ९ लाख २७ हजार १ सय १७ जना पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । यो संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १५ हजार २ सय छ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख ३५ हजार ६ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ६ सय ६७ जनाको अवस्था गम्भीर रहेको छ भने ४२ हजार २ सय ६७ जनाको उपचार भइरहेको छ ।
बिहिबार ६४ हजार ३ सय २२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
आज १५ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ हजार ५८ , खानागावामा १ हजार ५ सय ८०, ओसाकामा १ हजार ४०, साईतामामा १ हजार ३६, चिबामा ७ सय ९२, फुकुओकामा ५ सय चार, ओकिनावामा ४ सय ३९, ह्योगोमा ३ सय २९, होक्काईदोमा २ सय ८४, आईचीमा २ सय ८७, इबाराकीमा १ सय ७२, क्योतोमा १ सय ९९, तोचिगीमा १ सय ७०, सिजुओकामा १ सय ६८ र गुन्मामा १ सय ३६ संक्रमित थपिए ।