
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमुना पिसिआर परीक्षण गर्दा २ हजार २७९ जनामा र एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा सङ्क्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना सङ्क्रमण मुक्त भएका छन् ।
नेपालमा गत २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८९८ पुगेको छ ।