
काठमाडौँ । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।
उनका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ । यस्तै, सुवास नेम्वाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग विष्णु प्रसाद रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग बनाइएको छ । यस्तै देवेन्द्र दाहालकाे नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ ।