
सन थापा,
जापान, साउन १८( अगष्ट २६) । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन २९ स्वर्णपदक सहित पदकतालिकाको शीर्षस्थानमा रहेको छ ।
हालसम्म २ सय स्वर्णपदकको छिनोफानो हुँदा चीन २९ स्वर्ण, १७ रजत र १६ काँस्य गरी ६२ पदक सहित पहिलो स्थानमा कायमै छ । २२ स्वर्ण, १७ रजत र २५ काँस्य गरी ६४ पदक जितेको अमेरिका दोस्रो स्थानमा उक्लेको छ भने जापान १७ स्वर्ण, छ रजत र १० काँस्य गरी ३३ पदक सहित तेस्रो स्थानमा झरेको छ ।
त्यस्तै १४ स्वर्ण चार रजत र १५ काँस्य गरी ३३ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा उक्लिएको छ । रसियन ओलम्पिक कमिटी (आरओसी) ले १२ स्वर्ण, २१ रजत र १७ काँस्य गरी ५० पदक सहित पाचौं स्थानमा झरेकोछ । छैटौं स्थानमा रहेको इंग्ल्याण्डले ११ स्वर्ण, १२ रजत र १२ काँस्य गरी ३५ पदक जितेको छ ।
फ्रान्सले छ स्वर्ण १० रजत र सात काँस्य गरी २३ पदक जितेर सातौं स्थानमा रहेको छ भने जर्मनले छ स्वर्ण, छ रजत र ११ काँस्य गरी २३ पदक जितेर आठौं स्थानमा उक्लेकोछ । दक्षिण कोरियाले छ स्वर्ण, चार रजत र नौकाँस्य गरी १९ पदक जितेर भने नवौं स्थानमा झरेको छ । पाँच स्वर्ण, सात रजत र छ काँस्य गरी १८ पदक जितेको नेदरल्याण्ड १० औं स्थानमा रहेको छ ।
इटलीले चार स्वर्ण नौ रजत र १५ काँस्य सहित ११औं स्थानमा रहेको छ भने चार स्वर्ण तीन रजत र चार काँस्य पदक जितेको न्यूजिल्याण्ड उक्लदा १२ औं स्थानमा रहेको छ । चेक गणतन्त्रले चार स्वर्ण तीन रजत र एक काँस्य पदक जितेर १३ औं स्थानमा छ भने क्यानाडाले तीन स्वर्ण चार रजत र सात काँस्य पदक सहित १४ औं स्थानमा छ । तीन स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको स्विजरल्याण्ड १५ औं स्थानमा रहेको छ भने क्रोशियाले तीन स्वर्ण दुई रजत र दुई काँस्य पदक सहित १६ औं स्थानमा रहेको छ ।
भने दुई स्वर्ण चार रजत र चार काँस्य पदक जितेको ताईवान १७ औं स्थानमा रहेको छ । दुई स्वर्ण तीन रजत र पाँच काँस्य पदक जितेको ब्राजिल १८ औं स्थानमा, क्युबा दुई स्वर्ण तीन रजत र तीन काँस्य
पदक सहित १९ औं स्थानमा र हंगेरी दुई स्वर्ण दुई रजत र दुई काँस्य पदक सहित २० औं स्थानमा रहेकोछ ।
विभिन्न ३३ खेलमा २ सय चार देशको सहभागिता रहेको टोकियो ओलम्पिकमा ११ औं दिनसम्म आउदा ८० देशले पदक जितेका छन् ।