
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको तीन जना स्वास्थ्य पदाधिकारीहरूको सरुवा तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका छन् ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीन जना सहचिवहरुको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
एघारौँ तहका कर्मचारीको सरुवा राज्यमन्त्री स्तरबाट हुन नसक्ने भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएको मन्त्रालय ती स्रोतको भनाई छ ।