
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन बातावरण बनाउन निर्देशन दिएका छन् ।
मंगलबार उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्तिको तयारी गर्न भनेका हुन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् ।
ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै देउवालाई ब्रिफिङ गरेपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।
प्राधिकरणमा रहँदा घिसिङले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका थिए ।