
रुकुम । पोखरास्थित कर्मफ्लाइट्सले रुकुम पूर्व जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १, पुथा हिमालय मावि मैकोटका ३२ र वडा नम्बर ६ मयाङ्गको श्री जनजागृति आधारभूत बिद्यालयका १६ जना गरि जम्मा ४८ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई जीविकोपार्जनका लागि रु ९ लाख साठ्ठी हाजार बराबरको बाख्रा वितरण गरेको छ ।
विगत सन् २०१७ देखि कर्मफ्लाइट्सले यस विद्यालयमा विभिन्न किसिमका शैक्षिक सामग्री सहयोग प्रदान गर्नुका साथै ३२ जना विद्यार्थीलाई नियमित रूपमा प्रत्येक वर्ष आवश्यक शैक्षिक सामग्री तथा स्कुल ड्रेस र नगद छात्रवृत्तिको रूपमा प्रदान गर्दै आएको छ ।
विगत वर्षको कोरोना कहरदेखि निकै अस्तव्यस्त भएको शैक्षिक अवस्थामा पनि यस संस्थाले विशेष खालको सहयोग प्रदान गरेको थियो । यसपालि नियमित छात्रवृत्ति बाहेक थप जीविकोपार्जनका लागि ३२ विद्यार्थीलाई बाख्रापालन गर्न स्थानीय सिन्हवा जातका बाख्रा वितरण गरिएको कर्मफ्लाइट्सका रुकुम कार्यक्रम संयोजक तथा रुकुम पूर्व का अग्रज पत्रकार कर्मसहि घर्ति मगरले बताए ।

बाख्रा पालन सम्बन्धि वितरित रकम पुथा हिमालय माविका प्रधान अध्यापक हस्तिमान पुनले ३२ जना विद्यार्थी तथा विद्यार्थीका अभिभावकलाई १८०००र( को बाख्रा र नगद जनही रुपैया २०००र( गरि प्रति बिद्यार्थी २० हजार रुपैया बराबर को छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।
नियमितरूपमा छात्रवृत्तिका अलावा थप बाख्रा वितरणले यस विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीमा थप हौसला र उर्जा छाएको कुरा विद्यार्थी पूर्ण कुमारी पुनले बताइन् । उनले भनिन्, ‘नियमित छात्रवृत्तिसँगै थप बाख्रापालनले धेरै पढाइमा निकै उर्जा थपेको छ । यसले हाम्रो बुबा मजदुरी गर्ने क्रममा पोखरामा साइकलमा जाँदै गर्दा ट्रकले ठक्कर दिएर बिते । आमाको ठेगान छैन । हामी बुढाबुढीले यसको केही जोहो गर्न नसकिरहेको बेला कर्मफ्लाइट्सले छात्रवृत्तिका अलावा बाख्रा वितरण गरेर ठुलो सहयोग गरेको छ ।’
यसै गरि पुथा उत्तरगंगा वडा नं. ६ मयाङको जनजागृति आधारभूत विद्यालयका १६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि जनही १८ हजारका दरले बाख्रा वितरण गरिएको कर्मफ्लाइट्सका सदस्य राजु दासले जानकारी गराए ।

श्री जनजागृति आधारभूत विद्यालय मयाङ का प्र अ श्री चेत कुमार सेन का अनुसार विद्यालय मा यध्ययनरत १६ जना गरिब, अनाथ, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति स्वरुप रु. ३२०,०००/- (तीन लाख बीसहजार) रकम उपलब्ध गराएको र सो रकमबात विद्यार्थीहरुलाई एक/एक बछेली बाख्रा र नगत रु. २२ हजारका दरमा बितरण भएकोमा सहयोगी सस्था र व्यक्तिहरुप्रती सिङ्गो विद्यालय परिवारले आभार व्यक्त गरेको छ । जनजागृति आधारभूत विद्यालय मयाङलाई २०७७ साल देखि कर्मफ्लाइट्सले सहयोग गर्दै आएको छ ।
गत बर्ष पुथ उत्तरगंगा गाउँपालिका का चार बिद्यालयका जम्मा ३७२ जना बिद्यार्थीलाइ न्यानो ज्याकेट वितरण गरिएको र कोरोन कहर कमि हुन साथ पालिका अन्तर्गतका १२ ओटा बिद्यालयमा एक बिद्यालय एक पुस्ताकालय कार्यक्रम कार्यन्वयनको लागि सम्पूर्ण तयारि भै त्यस तर्फ प्रस्थान गर्न आफु हरु तम्तयार अबस्थामा रहेको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिएका छन् ।

फोटाहरुः कर्मशाही घर्तिमगर