
सन थापा,
जापान, साउन १९ ( अगष्ट २६) । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन ३२ स्वर्णपदक सहित पदकतालिकाको शीर्षस्थानमा रहेको छ ।
हालसम्म २ सय २६ स्वर्णपदकको छिनोफानो हुँदा चीन ३२ स्वर्ण, २१ रजत र १६ काँस्य गरी ६९ पदक सहित पहिलो स्थानमा कायमै छ । २४ स्वर्ण, २८ रजत र २१ काँस्य गरी ७३ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने जापान १९ स्वर्ण, छ रजत र ११ काँस्य गरी ३६ पदक सहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै १४ स्वर्ण चार रजत र १५ काँस्य गरी ३३ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा छ । रसियन ओलम्पिक कमिटी (आरओसी) ले १३ स्वर्ण, २१ रजत र १८ काँस्य गरी ५२ पदक सहित पाचौं स्थानमा रहेकोछ । छैटौं स्थानमा रहेको इंग्ल्याण्डले १३ स्वर्ण, १७ रजत र १३ काँस्य गरी ४३ पदक जितेको छ ।
जर्मनले आठ स्वर्ण, आठ रजत र १४ काँस्य गरी ३० पदक जितेर सातौं स्थानमा उक्लेकोछ भने फ्रान्स छ स्वर्ण १० रजत र आठ काँस्य गरी २४ पदक जितेर आठौं स्थानमा झरेको छ । छ स्वर्ण, सात रजत र सात काँस्य गरी २० पदक जितेको नेदरल्याण्ड नवौं स्थानमा रहेको छ भने दक्षिण कोरियाले छ स्वर्ण, चार रजत र नौकाँस्य गरी १९ पदक जितेर १० औं स्थानमा झरेको छ ।
छ स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको न्यूजिल्याण्ड उक्लदा ११औं स्थानमा रहेको छ भने इटलीले पाँच स्वर्ण नौ रजत र १५ काँस्य सहित १२ औं स्थानमा झरेको छ । हंगेरी चार स्वर्ण चार रजत र तीन काँस्य पदक सहित १३ औं स्थानमा र क्युबा चार स्वर्ण तीन रजत र चार काँस्य पदक सहित १४ औं स्थानमा उक्लेको छ ।
चेक गणतन्त्रले चार स्वर्ण तीन रजत र एक काँस्य पदक जितेर १५ औं स्थानमा, क्यानाडाले तीन स्वर्ण चार रजत र सात काँस्य पदक सहित १६ औं स्थानमा छ । तीन स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको स्विजरल्याण्ड १७ औं स्थानमा रहेको छ भने तीन स्वर्ण तीन रजत र आठ काँस्य पदक जितेको ब्राजिल १८ औं स्थानमा उक्लेको छ । क्रोशियाले तीन स्वर्ण तीन रजत र दुई काँस्य पदक सहित १९ औं स्थानमा रहेको छ भने दुई स्वर्ण चार रजत र चार काँस्य पदक जितेको ताईवान २० औं स्थानमा रहेको छ ।
विभिन्न ३३ खेलमा २ सय चार देशको सहभागिता रहेको टोकियो ओलम्पिकमा १२ औं दिनसम्म आउदा ८४ देशले पदक जितेका छन् ।