जापानमा मंगलबार १२ हजार बढी संक्रमित, १० जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान । साउन १९ । जापानमा मंगलबार १२ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ६ सय ९८ जना पुगेको छ ।

प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार २ सय ३२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख ४८ हजार ५ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ७ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ भने ७९ हजार ५ सय ३ जनाको उपचार भइरहेको छ ।
आईतबार २२ हजार ३ सय ५३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज १६ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ३ हजार सात सय नौ , खानागावामा १ हजार २ सय ९८, ओसाकामा १ हजार ७९, साईतामामा १ हजार ५३, चिबामा ७ सय ९१, फुकुओकामा ५ सय १०, ओकिनावामा ४ सय ६७, ह्योगोमा ४ सय ४१, आईचीमा २ सय ५८, होक्काईदोमा २ सय ११, इबाराकीमा १ सय ९७, क्योतोमा १ सय ९०, सिजुओकामा १ सय ६० र गुन्मामा १ सय ४८ तोचिगीमा १ सय ३९ र कुमामोतोमा १ सय १० जना संक्रमित थपिए ।