झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७८ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता खनालको दुवै मिर्गौलामा समस्या आएपछि गत असार २ गते अस्पताल भर्ना भएका थिए ।