जापानमा एकैदिन १४ हजार बढीमा संक्रमण, १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, २० साउन । जापानमा बुधबार १४ हजार २ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ । यो कोरोना महामारी सुरु भएयताकै सर्वाधिक धेरै संक्रमण संख्या हो ।

आज चार प्रान्तमा १ हजार भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ४ हजार १ सय ६६ , खानागावामा १ हजार ४ सय ८४, ओसाकामा १ हजार २ सय २४, साईतामामा १ हजार २ सय, चिबामा ८ सय ४०, फुकुओकामा ७ सय ५२, ओकिनावामा ६ सय दुई, ह्योगोमा ४ सय २२, आईचीमा ३ सय ७६, होक्काईदोमा ३ सय ६६, इबाराकीमा २ सय ९०, क्योतोमा २ सय ७७, गुन्मामा २ सय चार, सिजुओकामा २ सय दुई र तोचिगीमा १ सय ७८, ओकायामा १ सय ३१, इशिखावामा १ सय १८, कुमामोतोमा १ सय १६, हिरोसीमा १ सय १४ र सिगा प्रान्तमा १ सय तीन जना संक्रमित थपिए ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ९ लाख ७१ हजार ९ सय चार जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार २ सय ४६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख ५३ हजार २ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ७ सय ७७ जनाको अवस्था गम्भीर रहेको छ भने ८६ हजार १ सय ४४ जनाको उपचार भइरहेको छ । सोमबार ६७ हजार ९ सय ६७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।