टोकियो ओलम्पिक-चीन शीर्षस्थानमा कायमै

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, २० साउन । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन पदकतालिकाको शीर्षस्थानमा कायमै रहेको छ ।

हालसम्म २ सय ४२ स्वर्णपदकको छिनोफानो हुँदा चीन ३२ स्वर्ण, २२ रजत र १६ काँस्य गरी ७० पदक सहित पहिलो स्थानमा कायमै छ । २५ स्वर्ण, ३१ रजत र २३ काँस्य गरी ७९ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने जापान २१ स्वर्ण, सात रजत र १२ काँस्य गरी ४० पदक सहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै इंग्ल्याण्डले १५ स्वर्ण, १८ रजत र १५ काँस्य गरी ४८ पदक जितेर चौथो स्थानमा उक्लेको छ । १५ स्वर्ण चार रजत र १७ काँस्य गरी ३६ पदक जितेको अस्ट्रेलिया पाचौं स्थानमा झरेकोछ । रसियन ओलम्पिक कमिटी (आरओसी) ले १४ स्वर्ण, २१ रजत र १८ काँस्य गरी ५३ पदक सहित छैटौं स्थानमा रहेको छ । जर्मनले आठ स्वर्ण, आठ रजत र १६ काँस्य गरी ३२ पदक जितेर सातौं स्थानमा यथावत् छ भने फ्रान्स छ स्वर्ण १० रजत र नौ काँस्य गरी २५ पदक जितेर आठौं स्थानमा झरेको छ ।

इटलीले छ स्वर्ण नौ रजत र १५ काँस्य गरी ३० पदक सहित नवौं स्थानमा रहेको छ भने छ स्वर्ण, आठ रजत र नौ काँस्य गरी २३ पदक जितेको नेदरल्याण्ड १० औं स्थानमा झरेको छ । दक्षिण कोरियाले छ स्वर्ण, चार रजत र नौकाँस्य गरी १९ पदक जितेर ११औं स्थानमा रहेको छ भने छ स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको न्यूजिल्याण्ड उक्लदा १२ औं स्थानमा यथावत् छ ।

क्युबा पाँच स्वर्ण तीन रजत र चार काँस्य पदक सहित १३ औं स्थानमा उक्लेको छ भने हंगेरी चार स्वर्ण पाँच रजत र तीन काँस्य पदक सहित १४ औं स्थानमा झरेको छ । क्यानाडाले चार स्वर्ण चार रजत र सात काँस्य पदक सहित १५ औं स्थानमा, चार स्वर्ण तीन रजत र आठ काँस्य पदक जितेको ब्राजिल १६ औं स्थानमा उक्लेको छ ।

चेक गणतन्त्रले चार स्वर्ण तीन रजत र एक काँस्य पदक जितेर १७ औं स्थानमा, तीन स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको स्विजरल्याण्ड १७ औं स्थानमा कायमै छ । तीन स्वर्ण तीन रजत र चार काँस्य पदक सहित पोल्याण्ड १९ औं स्थानमा रहेको छ भने दुई स्वर्ण चार रजत र चार काँस्य पदक जितेको क्रोशिया २० औं स्थानमा रहेको छ ।
विभिन्न ३३ खेलमा २ सय चार देशको सहभागिता रहेको टोकियो ओलम्पिकमा १३ औं दिनसम्म आउदा ८५ देशले पदक जितेका छन् ।