पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९९४ पुगेको छ ।