
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश प्रमुख शेरचनसामू विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेपछि उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।
सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभा आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न साउन २७ गते दिउँसो १ बजेका लागि प्रदेशसभा आह्वान गरिएको हो ।
