
सन थापा, जापान । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन ७४ पदक सहित शीर्षस्थानमा कायमै रहेको छ । हालसम्म २ सय ७० स्वर्णपदकको छिनोफानो हुँदा चीनले ३४ स्वर्ण, २४ रजत र १६ काँस्य गरी ७० पदक जितेको छ ।
२९ स्वर्ण, ३५ रजत र २७ काँस्य गरी ९१ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने जापान २२ स्वर्ण, १० रजत र १४ काँस्य गरी ४६ पदक सहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै १७ स्वर्ण पाँच रजत र १९ काँस्य गरी ४१ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा र रसियन ओलम्पिक कमिटी (आरओसी) ले १६ स्वर्ण, २२ रजत र २० काँस्य गरी ५८ पदक सहित पाचौ स्थानमा उक्लेको छ । १६ स्वर्ण, १८ रजत र १७ काँस्य गरी ५१ पदक जितेको इंग्ल्याण्ड छैटौं स्थानमा झरेकोछ । ्
जर्मनले नौ स्वर्ण, नौ रजत र १६ काँस्य गरी ३४ पदक जितेर सातौं स्थानमा छ भने फ्रान्स सात स्वर्ण ११ रजत र नौ काँस्य गरी २७ पदक जितेर आठौं स्थानमा रहेको छ । इटलीले सात स्वर्ण १० रजत र १८ काँस्य गरी ३५ पदक सहित नवौं स्थानमा रहेको छ भने सात स्वर्ण, नौ रजत र १० काँस्य गरी २५ पदक जितेको नेदरल्याण्ड १० औं स्थानमा झरेको छ ।
त्यसैगरी सात स्वर्ण छ रजत र छ काँस्य पदक जितेको न्यूजिल्याण्ड ११औं स्थानमा उक्लेको छ भने दक्षिण कोरियाले छ स्वर्ण, चार रजत र नौकाँस्य गरी १९ पदक जितेर १२ औं स्थानमा झरेको छ । हंगेरी पाँच स्वर्ण सात रजत र तीन काँस्य पदक सहित १३ औं स्थानमा र क्यानाडा पाँच स्वर्ण पाँच रजत र आठ काँस्य पदक सहित १४ औं स्थानमा उक्लेको छ । क्युबा पाँच स्वर्ण तीन रजत र चार काँस्य पदक सहित १५ औं स्थानमा झरेको छ ।
चार स्वर्ण चार रजत र आठ काँस्य पदक जितेको ब्राजिल १६ औं स्थानमा, चेक गणतन्त्रले चार स्वर्ण तीन रजत र दुई काँस्य पदक जितेर १७ औं स्थानमा कायमै छ । तीन स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको स्पेन १८ औं स्थानमा, तीन स्वर्ण चार रजत र पाँच काँस्य पदक जितेको स्विजरल्याण्ड १९ औं स्थानमा र तीन स्वर्ण तीन रजत र चार काँस्य पदक सहित पोल्याण्ड २० औं स्थानमा रहेको छ ।
विभिन्न ३३ खेलमा २ सय चार देशको सहभागिता रहेको टोकियो ओलम्पिकमा १३ औं दिनसम्म आउदा ६३ देशले स्वर्ण पदक जितेका छन् ।