
सन थापा । जापानमा कोरोना महामारी सुरु भए यताकै सबैभन्दा धेरै जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार १५ हजार २ सय ६३ जनामा कोरोना संक्रमित भए भने आठ जनाको मृत्यु भएको छ । चार प्रान्तमा १ हजार भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोमा ५ हजार ४२ , खानागावामा १ हजार ८ सय ४६, साईतामामा १ हजार २ सय ३५, ओसाकामा १ हजार ८५, चिबामा ९ सय ४२, फुकुओकामा ७ सय १८, ओकिनावामा ६ सय ४८, ह्योगोमा ४ सय ५९, आईचीमा ३ सय ६४, होक्काईदोमा ३ सय ४२, क्योतोमा २ सय ७४, इबाराकीमा १ सय ८६, सिजुओकामा १ सय ८१ र तोचिगीमा १ सय ३५, गुन्मामा १ सय ५८, कुमामोतोमा १ सय २७, फुकुसीमा १ सय छ र मियागी प्रान्तमा १ सय तीन जना संक्रमित थपिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ९ लाख ८७ हजार १ सय ६३ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित मृत्यु हुनेको संख्या १५ हजार २ सय ५४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ८ सय २३ जनाको अवस्था गम्भीर रहेको छ भने ९३ हजार ६ सय ८५ जनाको उपचार भइरहेको छ । सोमबार ६७ हजार ९ सय ६७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।