पार्टी एकतामै जोड दिने माधव नेपाल समूहको निर्णय

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी एकतामै जोड दिएको छ ।

केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले १० बुँदे सहमतिले एकताको आधार तयार पारेको भन्दै थप प्रयास गर्ने निर्णय गरेको छ ।

साथै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुशी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बताइएको छ ।

पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले कार्यदलले समाधानका लागि सबै सवाल नसमेटेकाले त्यसबारे आफूहरु स्पष्ट हुन चाहेको र आत्मसम्मानसहितको एकताका पक्षमा कुरा उठाइएको बताए । उनले एकले अर्कोलाई अवहेलना र आरोपित गर्ने कार्यले सहजरूपमा काम गर्ने वातावरण नबन्ने भएकाले मनोवैज्ञानिक तथा भौतिकरुपमा सहज वातावरण निर्माण हुनुपर्ने बताए । नेता खतिवडाले पार्टीमा हार्दिकतापूर्वक सहयोगात्मक रुपमा सँगै काम गर्ने अवस्थाका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको मेल हुनु महत्वपूर्ण पक्ष भएको जनाए।