थप ३७२९ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

-


     मर्दी न्युज    
     २२ साउन २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षणमा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

यस्तै शुक्रबार १८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।