
सन थापा,
जापान, २२ साउन । जापानको टोकियोमा जारी टोकियो ओलम्पिकमा चीन ३६ स्वर्णपदक सहित शीर्षस्थानमा कायमै रहेको छ । हालसम्म २ सय ९२ स्वर्णपदकको छिनोफानो हुँदा चीनले ३६ स्वर्ण, २६ रजत र १७ काँस्य गरी ७९ पदक जितेको छ ।
३१ स्वर्ण, ३६ रजत र ३१ काँस्य गरी ९८ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने जापान २४ स्वर्ण, ११ रजत र १६ काँस्य गरी ५१ पदक सहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै १८ स्वर्ण २० रजत र २० काँस्य गरी ५८ पदक जितेको इंग्ल्याण्ड चौथो स्थानमा, र रसियन ओलम्पिक कमिटी (आरओसी) ले १७ स्वर्ण, २३ रजत र २२ काँस्य गरी ६२ पदक सहित पाचौ स्थानमा उक्लेको छ । १७ स्वर्ण छ रजत र २१ काँस्य गरी ४४ पदक जितेको अस्ट्रेलिया छैटौं स्थानमा झरेकोछ ।
इटलीले १० स्वर्ण १० रजत र १८ काँस्य गरी ३८ पदक सहित सातौं स्थानमा छ भने जर्मनले नौ स्वर्ण ११ रजत र १६ काँस्य गरी ३६ पदक जितेर आठौं स्थानमा रहेको छ । नौ स्वर्ण, १० रजत र १२ काँस्य गरी ३१ पदक जितेको नेदरल्याण्ड नवौं स्थानमा उक्लेको छ भने फ्रान्स सात स्वर्ण ११ रजत र नौ काँस्य गरी २७ पदक सहित १० औं स्थानमा झरेको छ ।
त्यसैगरी सात स्वर्ण छ रजत र छ काँस्य पदक जितेको न्यूजिल्याण्ड ११औं स्थानमा उक्लेको छ भने दक्षिण कोरियाले छ स्वर्ण, चार रजत र नौकाँस्य गरी १९ पदक जितेर १२ औं स्थानमा झरेको छ । क्युबा छ स्वर्ण तीन रजत र चार काँस्य पदक सहित १३ औं स्थानमा र हंगेरी पाँच स्वर्ण सात रजत र पाँच काँस्य पदक सहित १४ औं स्थानमा छ ।
क्यानाडा पाँच स्वर्ण छ रजत र १० काँस्य पदक सहित १५ औं स्थानमा झरेको छ । चार स्वर्ण चार रजत र आठ काँस्य पदक जितेको ब्राजिल १६ औं स्थानमा, चार स्वर्ण, चार रजत र चार काँस्य पदक सहित पोल्याण्ड १७ औं स्थानमा रहेको छ । चेक गणतन्त्रले चार स्वर्ण तीन रजत र दुई काँस्य पदक जितेर १८ औं स्थानमा कायमै छ । चार स्वर्ण एक रजत र तीन काँस्य पदक जितेको जमैका १९ औं स्थानमा उक्लेको छ भने तीन स्वर्ण पाँच रजत र पाँच काँस्य पदक जितेको स्पेन र २० औं स्थानमा रहेको छ ।
विभिन्न ३३ खेलमा २ सय चार देशको सहभागिता रहेको टोकियो ओलम्पिकमा १५ औं दिनसम्म आउदा ६३ देशले स्वर्ण पदक जितेका छन् ।